दफा ७१
शान्ति भङ्ग गर्न घर, जग्गा वा सवारी साधन दिन नहुने

(१) कुनै व्यक्तिले सार्वजनिक शान्ति भङ्ग गर्न वा हूलदङ्गा गर्न लागेको कुरा थाहा पाउँदा पाउँदै वा थाहा पाउनुपर्ने मनासिब कारण हुँदा हुँदै त्यस्तो व्यक्तिलाई कसैले पनि आफ्नाे घर, जग्गा, सवारी साधन वा हातहतियारउपलव्ध गराउन हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजायहुनेछ ।